काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित दुई सांसदले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथ लिन लागेका हुन् ।
यही पुस ७ गते भएको शपथग्रहण कार्यक्रममा उनीहरू अनुपस्थित थिए । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १२ः३० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ कार्यक्रम हुनेछ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराउनेछन् ।


प्रतिक्रिया दिनुहोस्