गण्डकी माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ। आइतबार बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो।

दलको नेता छान्न केन्द्रीय सदस्यसहित प्रदेश कमिटीको बैठक शनिवारदेखि जारी थियो। कृष्णप्रसाद धितालले पनि दाबी रहेपछि शनिबार टुङ्गो लाग्न सकेको थिएन। उनले दाबी छाडेसँगै चुमान दलको नेता सर्वसम्मत चयन भए ।

- Advertisement -
Ad image

तनहुँ १ (ख) बाट निर्वाचित चुमान अघिल्लो पटकको पनि दलको नेता हुन्। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए। चुमान माओवादी केन्द्रका महासचिव देव गुरुङ निकट मानिन्छन् ।

गोरखा १ (ख) बाट निर्वाचित धिताल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट सांसद हुन्। दलको नेता नभएका धिताल गण्डकीको सभामुख बन्ने सम्भावना छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्