२०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका हुन्।

- Advertisement -
Ad image

प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन्।

ग्रेगोरियन पात्रोअनुसार आइतबारदेखि इस्वी संवत् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुवात भएको भन्ने भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्