अब भाषण कम, सुशासन र विकासको पक्षमा काम गर्नु छः प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा विकासको सुत्रपात गर्ने बताएका छन् । उनले उक्त कुरा शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै बताएका हुन् । यसपटक भाषण कम गर्ने बताएका हुन् । यसका लागि सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबै क्षेत्रबाट सहयोगको अपिलसमेत गरेका छन् । साथै उनले भाषण भन्दा काम धेरै गर्ने बताएका छन् ।
बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने अठोट गरेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता गरेको पनि बताए ।

सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: