देशभरका विभिन्न स्थानबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
नियमविपरीत राखिएका देशभरका विभिन्न स्थानबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गृह मन्त्रालयका अनुसार ४८ घन्टामा विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका ९१ सशस्त्र प्रहरी र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । गृह मन्त्रालयले नियमविपरीत राखिएक सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको थियो । केन्द्रबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएको तथा जिल्लाबाट फिर्ता हुने क्रम जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्