काठमाडौँ – चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ ।
साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८ प्रतिशत)ले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।
जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७२ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख ४८ हजारको कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजारको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्