एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन्। आज प्रेदश संसदीय दलको कर्यालय हेटौंडामा भएको एमालेको बैठकले थपलियालाई सर्वसम्मत चयन गरेको हो।

प्रदेश सभामा नेकपा एमालेले २७ सिट जितेर दोस्रो स्थानमा रहेको छ। निर्वाचित सांसदहरुले थपलियालाई सर्वसम्मत चयन गरेको छ। चितवन प्रदेश सभा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित थपलिया केन्द्रीय सदस्य समेत हुन्।

- Advertisement -
Ad imageAd image

एमाले संसदीय दलको नेतामा थपलिया निर्वाचित भए संगै उनी प्रदेशको मुख्यमन्त्रीको दाबेदार बनेका छन्। केन्द्रको पछिल्लो भागवण्डा अनुसार बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एमालेको भागमा पर्न सक्ने सम्भावना बढेको एमाले सांसदहरु बताउँछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्