काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वमा बनेको नयाँ सरकारले व्यवसायीको माग बमोजिम एकल अङ्कमा ब्याजदर कायम गर्न सफल होला त ?
विगत ३४ महिना अघिदेखि ब्याजदरलाई एकल अङ्कमा झार्न आन्दोलन गरिरहेका ब्यापारीहरु अहिले सरकारले आफ्नो पुरा गर्ने भन्दै आन्दोल रोक्ने भएका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र आन्दोलनरत उद्योगी÷व्यवसायीसँग करिब २ घन्टा छलफल गरेका थिए । साथै हिजो मंगलबार निजी क्षेत्रका छाता संगठनहरूका नेताहरूसँग देशको वर्तमान अर्थतन्त्रका विषयमा छलफल गरेका थिए । उनले छलफलमा व्यवसायीहरुलाई ब्याजदर घटाउने सम्बन्धमा आश्वासन दिएको जानकारी दिइएको छ । अर्थमन्त्री पौडेलले माग सम्बोधन गर्नका लागि केही दिनको समय मागेपछि उद्योगी र व्यवसायीहरुले आन्दोलन रोकेका हुन् । सोहि कारण आन्दोलन रोकिएको मोरङ उद्योग संघका अध्यक्ष नवी रिजालले गोरक्ष पोष्टलाई बताए ।‘अर्थमन्त्रीले आफूहरूको माग सम्बोधन गर्ने आश्वासनसहित समय मागेकाले आन्दोलन स्थगित गरेको हो,’ उनले भने । यद्यपि १५ दिन भित्र माग सम्बोधन सरकारले नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए ।
देशभरका उद्योगी÷व्यवसायी गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सडक आन्दोलनमा गर्दै आएका थिए । तत्काल ब्याजदरलाई एकल अङ्कमा ल्याउन र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन तत्काल स्थगन गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । यद्धि व्यवसायिको माग पुरा गर्न नसकेमा गभर्नरले पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग रहेको थियो ।
मोरङ उद्योग संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ लगायतका संगठन आन्दोलनको अग्रिपक्तिमा रहेका थिए । यी संस्थामा आबद्ध उद्योगीहरू ब्याजदर घटाउन भन्दै निरन्तर सरकार र केन्द्रीय बैंकविरुद्ध आन्दोलन गर्दै आएका थिए ।
नयाँ सरकारले व्यवसायीको माग बमोजिम एकल अङ्कमा ब्याजदर कायम गर्न सक्ला ?

प्रतिक्रिया दिनुहोस्