काठमाडौँ – सहायक रथी कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्ता तोकिएका छन् ।
भण्डारीले बुधबार सूचना तथा जनसम्पर्क निर्देशनालयमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
प्रवक्ताको जिम्मेवारी पाएका सहायकरथि भण्डारी यसअघि नेपाली सेनाको २१ नम्बर बाहिनी झापामा कार्यरत थिए ।
सेनाको प्रवक्तामा यसअघि सहायकरथि नारायण सिलवाल थिए । उनी २०७८ पुस २९ देखि प्रवक्ताको जिम्मेवारीमा थिए ।


प्रतिक्रिया दिनुहोस्