व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको ४८ घण्टे अल्टिमेटम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – गृह मन्त्रालयले व्यक्तिगत सुरक्षाको सुविधा लिएका व्यक्तिहरुले ४८ घण्टाभित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, “विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि विशिष्ट व्यक्तिहरुको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्वकर्मचारी तथा सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

- Advertisement -
Ad image

उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ ।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्