काठमाडौँ – पोखरामा यही पुष १३ गतदेखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिताको खुला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको डवल पुरुष उमेर समुह, ४५ बर्ष माथि डवल पुरुष, ५५ बर्ष माथि डवल पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।
जुनियर खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्ष मुनिका खेलाडी सहभागी (यु-१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागी (यु-१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुने भएको छ।
सो इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेलाई पाँच हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्का सचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्