जनतामा नयाँ विश्वास जगाउने गरि काम गर्छौं: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आशा जगाउने र गतिलो सन्देश दिने काम गर्ने बताएका छन् । आज बिहान नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

बैठकमा प्रचण्डको भनाई उदृत गर्दै एक पदाधिकारीले भने, “अर्थतन्त्रको सुधार गर्न चाहन्छौं । जनतामा नयाँ विश्वास जगाउने गरि काम गर्छौं । कोरोना महामारीले जनतामा निरासा छाएको छ । अब यसलाई सम्बोधन गर्ने गरि अगाडि बढ्छौं । विकासकै काममा ध्यान दिने हो । भष्ट्राचारविरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौं ।”

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्