काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् । पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने नेता हरिबोल गजुरेलले बताए ।
श्रेष्ठको मन्त्रालय भने पछि टुङ्गो लाग्ने गजुरेलको भनाई छ । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्