लायन्स क्लव अफ काठमाडौं गौतम बुद्धको नयाँ क्लव चार्टर तथा डिस्ट्रिक टिमलाई सम्मान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– आज आइतबार लायन्स क्लव अफ काठमाडौं गौतम बुद्धले नयाँ क्लव चार्टर गर्नुको साथै डिस्ट्रिक टिमलाई सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । लायन्स क्लव अफ काठमाडौं गौतम बुद्धले २०७९ पौष १० गते होटल सिवम् प्लाजा गौशलामा नयाँ क्लव चार्टर तथा डिस्ट्रिक टिमलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

डिस्ट्रिक गभर्नर, लगायत पदाधिकारी टिमलाई सम्मान गर्दै लायन बर्ष २०२२/२०२३ को लागि निर्वाचित भएको टिमले जुलाई १ देखि डिसेम्बर २५ सम्मको लगभग ६ महिनाको अवधिमा धेरै वटा महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै क्लवले डिस्ट्रिकको नजरमा उत्कृष्ट क्लव भएको डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङले आफ्नो मन्तब्यमा ब्यक्त गरेका थिए । गभर्नर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले नयाँ क्लव ग्रेट बुद्धलाई समेत चार्टर गरेका छन् ।

- Advertisement -
Ad image

कार्यक्रममा लायन्स क्लवका मल्टिपल कोअर्डिनेटर अनन्त प्रसाद भेटवाल, पुर्व गभर्नर टंकबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै क्लवका अध्यक्ष बिष्णु पोखरेलले लायन्स क्लव गौतम बुद्धलाई असाहय, पिडित र भोकाहरुको लागि सेवाको माध्यम बनाएर क्लबलाई अझ स्थापित गर्नु पर्ने बताए ।

यसका लागि सबैले सहयोग गरि उत्कृष्ट क्लव बनाउन समेत आग्रह गरे । हामिले सुचना पाय र देखे सम्म क्लवको तर्फबाट भोकाको लागि पेट भर्न र नाङ्गो शरिरको लागि जीवन ढाक्न क्लवको तर्फबाट पुग्ने समेत अध्यक्ष पोखरेलले बताए । लायन्स क्लव काठमाडौ गौतम बुद्धले लायन्स क्लव काठमाडौं काईड्नेस र ग्रेट बुद्ध गरि २ वटा क्लव चार्टर गरिसकेको छ ।

यस्तै लायन्स क्लव काठमाडौं काईड्नेसका पुर्व अध्यक्ष आशिंस केसीले मनत्वय राखेका थिए । साथै ग्रेट बुद्धकी अध्यक्ष अबिका पौडेलले पनि मन्तव्य राखेकी थिइन । कार्यक्रम संचालन जोन चियर पर्सन तथा गौतमबुद्धका सल्लाहकार नवराज धितालले गरिेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्