प्रचण्डको नेतृत्वमा सरकार बनेकोमा खुशी छु,माधव पनि यो गठबन्धनमा आउनुपर्छ:बामदेव गौतम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

नेकपा एमालेका पूर्व उपाध्यक्ष हाल नेकपा राष्ट्रिय एकता अभियान एवम् राष्ट्रियसभाका सदस्य बामदेव गौतमले अहिले जे भयो,  राम्रो भएको बताएका छन् । कांग्रेस र कम्युनिष्ट बीचको सहकार्य गलत रहेको बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा बोल्दै गौतमले यो कुरा बताएका छन् ।

गौतमले प्रचण्ड प्रधानमन्त्री भएकोमा खुशी व्यक्त गरे । उनले माधव नेपालको नेतृत्वको नेकपा (एस) पनि यो नयाँ गठबन्धनमा सहभागि हुनु उपयुक्त हुने समेत बताए । गौतमले नेकपा (एमाले) र नेकपा (एस)को बीचमा एकता गर्नुको बिकल्प नभएको समेत बताए ।

- Advertisement -
Ad image

गौतमले उनी यो सरकारलाई सघाउन तयार रहेको समेत बताए ।  उनले प्रचण्डलाई संका नगर्न समेत आग्रह गरे । साथै उनले यो सरकार निर्माण हुदाँ जनतामा उत्साह आएको समेत बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्