प्रचण्डलाई प्रधानमन्त्री बनाउन अत्याधिक बहुमत सहितको निवेदन दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संसदीय दलका नेता प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको थियो ।

- Advertisement -
Ad image

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले ७८, माओवादी केन्द्र  ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सहित १६६ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्