गठबन्धन जोगाउन सकेनौँ, टुट्यो : कांग्रेस नेता रामचन्द्र पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
1 Min Read
Aa

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । पहिलो प्रधानमन्त्री को हुने भन्ने सहमति  सहमति हुन नसकेपछि गठबन्धन टुटेको पौडेलले बताए । पौडेलका अनुसार  कांग्रेसले सरकारको नेतृत्वको दावी नछोडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेका थिए ।

पौडेलले थपे ‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन’ ।

- Advertisement -
Ad image

गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए । पौडेलको सत्तागठबन्धन बाट राष्ट्रपति बन्ने चर्चा थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्