काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) बिच बालुवाटारमा वान टु वान वार्ता भइरहेको छ।
सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्ने भनिए पनि पहिलो चरणमा अहिले देउवा र दाहालबिच वार्ता भएको हो। विशेष गरी आगामी सरकारमा नेपाली कांग्रेस र माओवादीबिच पहिला कस्को नेतृत्वमा सरकार बनाउने र राष्ट्रपति कस्को भागमा पर्ने भन्ने विषयमा छलफल हुने बताईएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहितको सरकार गठन गर्न दिएको समय नजिकिँदै गर्दा उनीहरू छलफल जुटेका हुन।राष्ट्रपति भण्डारीले पुस १० गते साँझ ५ बजेसम्मको समय दलहरूलाई दिएकी छिन।


प्रतिक्रिया दिनुहोस्