काठमाडौँँ – नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलमा जीवनबहादुर शाही चयन भएका छन् ।
पार्टीको प्रदेश संसदीय दलको शुक्रबारको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो
शाही आफैले आजको बैठकले सर्वसम्मत संसदीय दलको नेता चयन गरेको बाह्रखरीलाई जानकारी दिए ।
गएको प्रदेशसभामा समेत संसदीय दलको नेता रहेका शाही अहिले मुख्यमन्त्री छन् । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।


प्रतिक्रिया दिनुहोस्