आज रिहा हुँदै चार्ल्स शोभराज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज आज रिहा हुँदै छन् ।

बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए ।

- Advertisement -
Ad image

उनका अनुसार शोभराज आज बिहान १० बजे रिहा हुने सम्भावना छ ।

बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश भएको छ ।

कैद सजाय छुट पाउनुपर्ने भन्दै ०७५ कात्तिकमा शोभराजका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियो । सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो ।

शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । उनीबाट भएका अधिकांश घटनामा महिला पीडित छन् ।

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो ।

त्यसपछि उनी ०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सुन्धारास्थित जगन्नाथदेवल कारागारको गोलघरमा राखिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्