काठमाडौँ – सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् ।
रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ । अहिले केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षण गरिँदैछ ।


प्रतिक्रिया दिनुहोस्