तत्काल राजीनामा दिन्नँ: मुख्यमन्त्री पाण्डे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू प्रतिनिधिसभाको सदस्य र मुख्यमन्त्री दुवै पदमा रहने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट आफूले तत्काल राजीनामा नदिने स्पष्ट पारे।

- Advertisement -
Ad image

यसअघि नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले पाण्डेले शुक्रबार पदबाट राजीनामा दिने बताएका थिए।

तर,पाण्डेले भने प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएकोले आफूले पनि राजीनामा नदिने बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्