काठमाडौँ – नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४७ पैसा र बिक्री दर १४१ रूपैयाँ ११ पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्