काठमाडौँ – कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापाका गतिविधि निगरानी गरेको भन्दै उनका समर्थकले दुईजना प्रहरीलाई समातेका छन् ।
मंगलबाल राति गगन बसेको लाजिम्पाटको एक होटेल बाहिर साधा पोसाकमा प्रहरी खटिएको पाइएको गगन निकट एक केन्द्रीय सदस्यले बताए ।
“आज दाइ (गगन थापा)लाई दुई–तीनपटक डिस्ट्रब भयो । कहाँ गइरहेको छ, कसलाई भेटेको छ, के गरिरहेको छ भनेर निगरानी गरेकोजस्तो देखियो । दाइले आईजीपीलाई नै फोन गर्न खोज्नुभएको थियो, उठेन ।”
संस्थापन पक्षले आफूहरूका गतिविधि निगरानीका लागि प्रहरी खटाएको हुनसक्ने समर्थको आरोप छ ।
तर, नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए ।
“हामीलाई त्यस्तो कुनै जानकारी छैन । संलग्न रहेको पाइए छानबिन गरेर कारबाही हुन्छ,” प्रवक्ता राईले भने ।


प्रतिक्रिया दिनुहोस्