अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूत नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् ।

केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन् ।

- Advertisement -
Ad image

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् ।

लेबर पार्टीका नेता केभिन रुड सन् २०१३ मा राजनीतिबाट निष्क्रिय भएका थिए । त्यसयता उनले चीनसँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने विषयमा स्पष्ट रुपमा लेख्ने र बोल्ने गर्दै आएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्