साइन बोर्ड हटाउन काठमाडौं महानगरले फेरि निकाल्यो सूचना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं महानगरपालिकाले ३० वर्ग फिटभन्दा ठूला परिचय पाटी (साइन बोर्ड) हटाउन पुनः सूचना जारी गरेको छ।

महानगरले यसअघि ३५ दिने सूचना जारी गर्दापनि सम्बन्धित पक्षले त्यस्ता पाटीहरू नहटाएको भन्दै १५ दिनभित्र सूचना पाटी हटाउन निर्देशन दिएको छ।

- Advertisement -
Ad image

अब पनि सूचनालाई अवज्ञा गरी परिचय पाटी नहटाएमा महानगरपालिको टोली पुगेर सो वापत लागेको खर्च समेत सम्बन्ध्ति पक्षबाट नै असुल उपर गराइने जनाइएको छ।

‘काठमाडौँ  महानगरपालिका  क्षेत्रभित्र  व्यापार  गर्ने  सङ्घ,  संस्था,  वित्तीय  संस्था,  सरकारी  तथा  गैह्र  सरकारी  निकायहरूले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने परिचय पाटी (साइन बोर्ड) ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा उक्त  आकारका  परिचय  पाटी  सम्बन्धित  पक्षले  नहटाएको  हुँदा  यस  सूचना  प्रकाशित  भएको  मितिले  १५  (पन्ध्र) दिनभित्र आफ्नो व्यवसाय वा कार्यालयमा रहेको ३० वर्ग फुटभन्दा ठूला बोर्ड हटाउनुहुन पुनः अनुरोध गरिएको छ’ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘यस सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाई सो बापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गराइने व्यहोरा समेत जानकारी गराइन्छ।’

साथै, महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी (साइन बोर्ड) राख्दा वार्षिक रूपमा बुझाउनपर्ने रकमबारे पनि महानगरले जानकारी गराएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्