मध्य पूर्वी पहाडी जिल्ला खोटाङको एक प्रमुख ग्रामिण व्यापारिक केन्द्र रहेको बाक्सिला बजारमा भीषण आगलागी भएको छ । अहिलेसम्म पाँच घर पूर्ण रुपमा जलिसकेको र आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
स्थानीय वासिन्दा र प्रहरी टोली मिलेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बाक्सिला बजार केपिलासगढी गाउँपालिकामा पर्दछ ।
एक घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि आगलागी सुरु भएको र आगो अन्य घरमा फैलिएको त्यहाँ उपस्थित स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्