नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नवनिर्वाचित सांसदहरूलाई पुस ७ गते शपथग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने तयारी गरेको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ७ गते दिउँसो १ बजे शपथग्रहण गराउने तयारी भइरहेको जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउने छन् ।

यसअघि आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन् । संविधानको धारा ७६ ९२० अनुसार पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्