शेखर दाइ उठे सोच्नुपर्छ, नत्र देउवा नै संसदीय दलको नेता हो: शशाङ्क कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलको नेता हुने बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्।

- Advertisement -
Ad imageAd image

उनले आफ्ना दाजु शेखर कोइराला उठेमा सोच्नुपर्ने नभए संसदीय दलको नेता स्वभाविक रूपमै देउवा हुने बताए।

‘मेरो दृष्टिकोणमा उहाँले नै संसदीय दलको नेतृत्व गर्नुपर्छ। मेरो दाइ उठेपछि म असमञ्जसमा पर्छु,’ उनले भने, ‘दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस्। म सोचेर मत दिन्छु।’

उनले आफू एक चोटि मन्त्री हुनुपर्छ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव राखेको बताए। आफू यसपालि मन्त्री पनि बन्नेमा विश्वस्त समेत भएको बताए।

‘मन्त्री बन्न मैले शेरबहादुर जीलाई भनेँ, ‘चार-चार चोटि जितेँ, एकचोटी पनि मन्त्री भएको छैन। हुन त मेरो क्षेत्रमा खरबौँको बजेट भएको छ। मन्त्री नै हुनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘तर मलाई के लाग्छ भने मन्त्री बनेर अनुभव त प्राप्त गर्नुपर्‍यो। त्यसैले मन्त्री बन्छु भन्ने विलासा त छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्