एमाले प्रतिपक्षमा बस्छ: महासचिव पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् ।

आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।

- Advertisement -
Ad imageAd image

“एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।”

अहिले पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको तर त्यसभित्र पनि कुनै पनि दललाई बहुमत प्राप्त नभएको उनको भनाइ छ ।

प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायलाई उम्मेदवार बनाएर विजयी बनाउने पार्टीका रुपमा नेकपा एमाले पहिलो पार्टी बनेको उनको दाबी छ । कार्यक्रममा गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्पीडित समुदायका १७ सांसदलाई सम्मान गरिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्