भारत बिहार राज्यका मुख्यमन्त्री नितिस कुमारले आफू सच्चा समाजवादी र कम्युनिष्ट भएको बताएका छन् । बिहारमा नक्कली रक्सी सेवन गरेर दर्जनौको मृत्यू भएपछि बिहार विधानसभामा बोल्दै नितिस कुमारले उक्त कुरा बताएका हुन् ।
नितिस कुमारले विधानसभामा जवाफ दिंदै नक्कली रक्सि सेवन गरेर मृत्यू हुनेलाई कुनै क्षतिपूर्ति नदिने बताए । नितिसले रक्सीमाथिको प्रतिवन्ध अझै कडा बनाउने बताए । नितिसले भने “राम्रो काम गर्छु भन्नेलाई राज्यले १ लाख वा त्यो भन्दा बेशी आर्थिक सहयोग दिनेगरेको छ र यसलाई अझै प्रभावकारी बनाइने छ । काम राम्रो काम गर्नेलाई सरकार श्रोत र साधनको सहयोग गर्दछ । रक्सी सेवन सवै धर्म अनुसार पनि गलत हो । धर्मको नाममा राजनीति गर्नेले पनि आफ्ना धर्मगुरुलाई सोध्नु होला ।”
उनले थपे “कम्युनिष्ट साथीहरू हो, म सच्चा कम्युनिष्ट समाजवादी हु । हिजो मेरो पार्टी नहुदाँपनि कम्युनिष्ट मतदाता र पार्टीको समर्थनमा निर्वाचित भएको हु । म रक्सीले समाजमा पारेको नकारात्मक प्रभाव बुझ्दछु । क्षतिपूर्ति होइन, रक्सी खाने मर्छ भनेर झन् धेरै प्रचार गरौ ।”
नितिसले बिजेपीलाई जवाफदिदै भने “सयौको संख्यामा मानिसको मृत्यू हुनेगरी भएको पुल दुर्घटनाको कुनै चर्चा हुदैन । उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात जस्ता बिजेपी शासित राज्यमा नक्कली रक्सी सेवन गरेर बिहारको भन्दा धेरै मानिसको मृत्यू हुने गर्दछ तर यो बिषय चर्चाको बिषय हुदैन ।”
नितिसले थपे “बिहारमा नक्कली रक्सी सेवन गरेर मर्नेको संख्या कम छ तरपनि यो चिन्ता जनक छ । रक्सीमाथिको प्रतिवन्ध अझ कडा बनाउनेछु । यसमा संलग्न, सहयोगी र निषेध गर्न प्रभावकारी भूमिका नखेल्ने सरकारी कर्मचारीलाई हटाउनेछु । धेरै त ढिसमिस भएका छन् । रक्सी खाए मरिन्छ भन्ने कुरालाई अझै फैलाउनु पर्छ ।”
नितिसले भने “यो समाजवादी सरकार हो । यसले श्रम गर्नेलाई सहयोग गर्छ । राम्रो काम गर्छु भन्नेलाई एकलाख भन्दा धेरै आर्थिक सहयोग समेत गर्दछ । तर रक्सी खाएर मर्नेप्रती सहानुभाति राख्दैन । यो क्षतिपूर्ति माग्नेले रक्सी खुल्ला गर्नुपर्दछ भनेर भन्न सक्नु पर्दछ । र यो रक्सी खुल्ला हुनुपर्दछ भन्नेलाई नै प्रत्युत्पादक हुनेछ ।”
नितिसले विधानसभामा सम्वोधनगर्दै भने “माफियाले प्रयोग गरेका सामान्य मान्छेलाई यो कुकर्ममा सहभागी नहुन-सम्झाउन र वास्तविक माफियालाई पक्राउ गर्न कर्मचारीलाई निर्देशन दिएको छु ।”


प्रतिक्रिया दिनुहोस्