फ्रान्सको लियोनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ पुष २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ।

भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो। आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए।

- Advertisement -
Ad image

आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्