काठमाडौँ – कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।
प्रतियोगिताको फाइनल अघि नै तेस्रो स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ। विश्वकफ फुटबलको फाइनलमा सोमबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।
समूह चरणमा भएको क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल भएसँगै कतार विश्वकपको समीकरण पूरा हुनेछ।


प्रतिक्रिया दिनुहोस्