काठमाडौँ – विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह
सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहमद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए । शरिरमा आगो लगाएको १८ दिनपछि २६ वर्षीय मोहमदको मृत्यु भएको थियो । उनको विरोध र मृत्यु ट्युनिसिया क्रान्तिका लागि एउटा उत्प्रेरक बनेको थियो । उनको मृत्युपछि अरब मुलुकमा त्यस्तै प्रकृतिका मृत्यु र विरोध प्रदर्शन भएका थिए ।
एनिमियटेड शृंखला दि सिम्पसनको प्रसारण
अमेरिकाको लोकप्रिय एनिमियटेड शृंखला दि सिम्पसनको आजकै दिनबाट टेलिभिजनमा प्रसारण सुरु भएको थियो । म्या ग्रोइनिङले निर्देशन गरेको सो शृंखलामामा सिम्पसनको परिवारको जीवनबारे चित्रण गरिएको थियो ।
राइट ब्रोदर्सको जहाज पहिलो पटक उडेको दिन
अमेरिकीका दाजुभाई ओरभिल र विलबर राइटले आविश्कार गरेको जहाजको आजकै दिन अर्थात सन् १९०३ को १७ डिसेम्बरमा पहिलो उडान भरेको थियो ।
भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा
सन् १९५२ मा युगोस्लाभियाले एकतर्फी रुपमा भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्