विश्वकप फुटबल : फाइनल र तेस्रो स्थानका खेल खेलाउने एम्पायर तय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

फिफा विश्वकप फुटबल अन्तर्गत हुने फाइनल चरणका दुई खेल खेलाउने एम्पायर तय भएको छ । पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने फ्रान्स र अर्जेन्टिनाबीचको विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । फाइनल खेल लुसेल मैदानमा फाइनल खेल हुनेछ । फाइनल खेल्ने टिम अर्जेन्टिना र फ्रान्स दुई पटकका च्याम्पियन हुन् ।

त्यस्तै कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको लागि शनिबार रातिहुने क्रोएसिया र मोरक्कोबीचको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि खलिफा अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ ।

- Advertisement -
Ad image

४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका रूपमा पावल सोकोल्निकी र तोमाज लिस्टकिविचले साथ दिनेछन् ।

तेस्रो स्थानका लागि हुने खेलमा अब्दुलरहमानलाई सहायक रेफ्री तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले साथ दिनेछन्  ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्