बसको ठक्करले विद्यार्थीको मृत्युपछि कञ्चनपुर तनावग्रस्त, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बस ठक्करले विद्यार्थीको मृत्यु भएपछि कञ्चनपुर तनावग्रस्त बनेको छ। घटनापछि आक्रोशित विद्यार्थी र स्थानीयले पूर्व पश्चिम महेन्द्र राजमार्ग बन्द गराएका छन्।

उनीहरुले सडकमा टायरा बालेर बिहानैदेखि गाडी चल्न दिएका छैनन्। शुक्रबार बिहान साइकल चढेर महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेज गइरहेका बेदकोट नगरपालिका–६ का कविराज बैजको सुडामा ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको थियो।

- Advertisement -
Ad image

घटनापनि आक्रोशित विद्यार्थी र स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक उमेश चन्दले बताए।

‘बिहानैदेखि गाडी चल्न सकेका छैनन्, हामी खुलाउने प्रयास गर्दैछौं,’ उनले भने। पीडीत परिवारलाई क्षतिपूर्ति र दोषिलाई कारबाही गर्नु पर्ने माग उनीहरुले गरेका छन्।

सुडा, भाँसी, दैजी, सिसैया लगायत चोक चोकमा टायर बालेर विद्यार्थीहरु विरोधमा उत्रिएका हुन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्