काठमाडौँ – इलाम क्षेत्र नम्बर – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।
यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनस्मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन्।
पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन्।
निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन्।
उक्त रिटमा गत कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन कारण देखाऊ अन्तरिम आदेश जारी गरेको थियो। रिट परे यता आठपटक उक्त मुद्दाको पेसी तोकी सकिएको छ। गत कार्तिक २९ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले निर्णय फाइल झिकाउने आदेश गरेको थियो। त्यस यता तोकिएको सबै पेसी हेर्न नभ्याइनेमा परेका छन्।
धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर,नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो। अदालतले जारी गरेको कारण देखाऊ अल्पकालीन अन्तरिम आदेशका कारण सबै प्रक्रिया स्थगित छ।


प्रतिक्रिया दिनुहोस्