विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।

४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्।

- Advertisement -
Ad image

कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन्। तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ। अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्