अध्यादेश खारेज गर्न माग गर्दै दिइएको रिट सर्वोच्चले गर्‍यो दरपिठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सरकारले ल्याएको फौजदारी कार्यविधि (संहिता) संशोधन अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दिइएको रिट दरपिठ भएको छ। अधिवक्ता कपिलेदव ढकालले दिएको रिट “सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले” अहिले नै अध्यादेश रोकिपाउँ भनेर रिट दिन लागिएको भन्दै रिट दर्ता नगरेको सर्वोच्चले जनाएको छ।

सरकारले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसहित टीकापुर हत्याकाण्डमा जेलमा रहेकाहरूलाई रिहा गर्न मिल्ने गरी अध्यादेश ल्याएको हो ।

- Advertisement -
Ad image

कामचलाउ सरकारले प्रतिनिधिसभाको निर्वाचन भइसकेको अवस्थामा यस्ता गम्भीर प्रवृतिका अध्यादेश ल्याउन हुदैन भन्दै विरोध भहिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्