काठमाडौँ – शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १०।५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारण सभा पनि सँगै डाकेको छ। कम्पनीको सभा पुस २९ गते बस्दैछ। सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ। जस अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।


प्रतिक्रिया दिनुहोस्