एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैन: प्रमुख निर्वाचन आयुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था नरहेको बताएका छन् ।

आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले  एउटा दलको अध्यक्ष अर्को दलको समानुपातिक सांसद बन्न नसक्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नरहेको र त्यो नैतिकताको विषय हुनसक्ने बताए ।

- Advertisement -
Ad image
आयोगले हालको चुनावमा देखिएको समस्यालाई समावेश गरेर निर्वाचन कानुन संशोधन गर्ने जानकारी दिए । ८ वटा निर्वाचन कानुनलाई एउटै कानुन बनाउने गरी संशोधन गर्न लागेको उनले बताए । उनले कुन दलले चुनावमा कति खर्च गरेको छ त्यसको विवरण आयोगसँग सुरक्षित रहेको बताए ।
उनले मत किन के कारणले बदर भएको हो त्यसको विवरण निर्वाचन अधिकृतहरूसँग मागेको उल्लेख गरे । पुस ३ गते समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्