४ हजार २ सय ८५ उमेदवारको जमानत जफत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चार हजारभन्दा बढी उमेदवारको धरौटी जफत भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चार हजार २८५  उमेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभातर्फ पुरुष एक हजार ७७२ र महिला १७९ गरी एक हजार ९६१ उमेदवारको जमानत जफत भएको छ । प्रदेशसभातर्फ दुई हजार ३२४ गरी कुल चार हजार २८५ उमेदवारको धरौटी जफत भएको बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

- Advertisement -
Ad image

यस्तै, प्रतिनिधिसभामा बन्दसूची पेस गर्ने ४० दलको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्