संसद सचिवालयका सचिव घिमिरेले अवकाश हुन नौं महिना अगावै दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । घरायसी कामका कारणले राजीनामा दिएको सचिव घिमिरेले बताएका छन् ।

- Advertisement -
Ad image

घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।

घिमिरेले मङ्गलवार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजीनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्