अर्थतन्त्रमा परेको समस्याको विषयमा सरकार खुल्ला छलफल गर्न तयार छ: अर्थमन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो अर्थतन्त्रको विषयमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रको समस्याबारे सरकार खुलेर बहस गर्न तयार रहेको बताएका हुन्।

- Advertisement -
Ad image

अर्थमन्त्री शर्माले भने, ‘नेपालको अर्थतन्त्रमा समस्या छन् तर, समस्या समाधानका लागि पहल भइरहेको छ। राष्ट्रिय रुपमा अहिले उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने अहिलेको आवश्यकता हो’।

उनले राज्यका सबै निकाय तथा निजी क्षेत्रले यो विषयलाई गम्भिररुपमा लिनुपर्ने बताए।

नेपालको अर्थतन्त्रलाई हेर्दा निर्यात गर्न सक्ने वस्तुहरुको प्राथमिकीकरण गरेर सरकार नीतिगतरुपमा अघि बढेको उनको भनाई छ।

जलविद्युतको क्षेत्र, पर्यटन, आईटि क्षेत्रले मात्रै नेपाललाई निकास दिन सक्ने भन्दै उनले यी क्षेत्रलाई अर्थतन्त्रको खम्बा बनाउन नीतिगत तहबाट काम भइरहेको अर्थमन्त्री शर्माको भनाई छ।

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई सरकारले आफ्नै अभिन्न अंगको रुपमा लिएको बताए। उनले थपे ‘निजी क्षेत्रलाई सरकारले फरक ढंगबाट हेर्ने भन्ने विषय गलत रहेको र अर्थिक विकासको लागी सरकारले निजी क्षेत्रलाई महत्वपूर्ण रुपमा लिएको छ।’

तत्काल परेका समस्याको विषयमा खुल्ला छलफल गर्न तयार रहेको भनाई छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्