यू-२३ राष्ट्रिय भलिबल: गण्डकीका दुई खेलाडी छनौट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ का लागि यू-२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनौटमा परेका छन् ।

नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू-२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनौट परेका हुन् । बाइस वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो छन् ।

- Advertisement -
Ad image

आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनौट गरिएको सङ्घले जनाएको छ । 

भलिबल खेलको इतिहासमा पहिलोपटक यू-२३ राष्ट्रिय टिम तयार पारी अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल बिक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा छन् ।

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएसनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्