विश्वकप फुटबल : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ ।

एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

- Advertisement -
Ad imageAd image

सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द अल हिल्मको अर्थ सपना हो ।

यस अघिको अल रिहलाको जस्तै यस बलमा समेत प्रविधिको प्रयोग गरिएको छ ।

यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्