जापानमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – जापानको नागोयामा नेपाली युवा विद्यार्थी नवराज वाग्लेको निधन भएको छ । जापान आएको ६ महिना नपुग्दै उनको असामयिक निधन भएको हो।

नेपालको नुवाकोट घर भएका वाग्ले हाल जापानमा विद्यार्थी भिसामा आएका थिए । आफ्नै कोठामा सुतेको अवस्थामा  उनको निधन भएको बुझिएको छ ।

राति कामबाट फर्किएर वाग्ले बिहान खाना खाएर सामान्य अवस्थामै सुतेका थिए। साँझ काममा जाने बेलासम्म पनि नउठेपछि उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएपछी  तत्काल उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको  चिकित्सक ले बताएका थिए ।
२७ वर्सीय वाग्लेको मृत्यु अत्याधिक बल्ड प्रेसरका कारणले भएकाे चिकित्सकले जानकारी दिए ।

नुवाकोट मदनपूरका वाग्ले जापान आएको छ महिना मात्र भएँको थियो । हाल जापानी भाषा विद्यालयमा अध्ययनरत गर्दै आएका वाग्लेको अन्त्येष्टि नागोयामा सोमबार गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Array