प्रचण्डसँग देउवाको खटपट: धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका छन्। शुक्रबार  देउवा भेट्न धुम्बाराही पुगेका गृहमन्त्री श्रेष्ठ करिब आधा घण्टा धुम्बाराहीमा बसेका थिए ।

गृहमन्त्री श्रेष्ठको कामकारवाहीबाट रूष्ट देखिएका देउवा पछिल्लोपटक कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि झन् रूष्ट देखिएका थिए। गृहमन्त्री श्रेष्ठ देउवासँग सम्बन्ध सुधार्नका लागि धुम्बाराही नै पुगेको देउवानिकट स्रोतले बताएको छ।

- Advertisement -
Ad image

कांग्रेस संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले वर्तमान सरकारका गृहमन्त्रीले आफ्नो दलका नेताहरुमाथि प्रतिशोध साँधेको गुनासो पोखेका थिए ।

स्वयम सभापति देउवा पत्नी आरजु राणाले पनि अहिलेको सरकार भारत र पाकिस्तानको सरकारको मोडेलमा गएजस्तो भान भएको टिप्पणी गरेकी थिईन् । उनले भारत र पाकिस्तानका सरकारले विपक्षीहरुमाथि छानी छानी प्रतिशोध साँध्ने काम गरेको स्मरण गराएकी थिईन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्