निर्वाचन आचारसंहिता भोलिदेखि खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ ।

आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो ।

- Advertisement -
Ad image
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्