माछापुछ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोद्वारा शपथ ग्रहण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ लिएका  छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई सपथ गराएका थिए। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रावधान अनुसार उनले सपथ लिएका हुन्।

- Advertisement -
Ad image

सपथ ग्रहण कार्यक्रममा  राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो। महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्